नेपाल पक्षलाई संकेत गर्दैै शंकर पोखरेलले भने, ‘धैर्य गरौं’

काठमाडौं। नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेता शंकर पोखरेलले मतभेद र अन्तर संघर्ष अस्थायी कुरा भएकाले एकदिन यसको अन्त्य हुने आशा व्यक्त गरेका छन् ।

एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष ओली पक्षबीच लगभग पार्टी नै फुट्नेगरी विवाद उत्कर्षमा पुगेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेता पोखरेलले एक दिन यसको समाधान हुने भन्दै धैर्य गर्न आह्वान गरेका हुन् ।

अध्यक्ष ओलीले माधव नेपाल र भीम रावलपछि सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि भन्दै पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरेको अवस्थामा पोखरेलको सुझावयुक्त अभिव्यक्ति आएको हो ।

‘मतभेद र अन्तर संघर्ष अस्थायी कुरा हो, निश्चित समयमा अन्त्य हुन्छ,’ नेता पोखरेलले बिहीबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘एकता र अनुशासन उद्देश्य प्राप्तिको अनिवार्य सर्त हो । धैर्य बनौं ।’

 
 
  
 

You may also like