कम्युनिष्ट आन्दोलनलाई छिन्न–भिन्न र बिसर्जन हुन दिंदैनौं : वरिष्ठ नेता नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न, धरासायी र बिसर्जन हुन नदिने बताएका छन् ।

आज (बुधबार) काठमाडौंमा नेपाल–खनाल पक्षको युवा संघ नेपालको कार्यालय स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूहरु कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन चाहेको बताएका छन् । वरिष्ठ नेता नेपालले चैत ४ र ५ गतेको भेला पनि एकताको पक्षमा भएको दावी गरे ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले युवा संघ नेपालको कार्यालय उद्घाटन गरेका छन् । काठमाडौंको बबरमहलमा नेता नेपालले कार्यालय उद्घाटन गर्ने काममा युवा संघले कार्यालय खोल्ने काम पहिलो गरेको भन्दै धन्यवाद दिए ।

उनले आफूहरुलाई समेत युवा संघले उछिनेको बताए । ‘हामीले पनि भवनको खोजी गरेका छौं’, नेता नेपालले भने, ‘राम्रो ठाउँ पाउनु हुन्छ भने खबर गर्नुहोस् ।’

 

 
 
  
 

You may also like