आइन्स्टाइटनको भनाइ उद्धृत गर्दै डा. भटराईको चेतावनी : सांसदको टाउको गन्ने खेलतिर नलागौं

by समतल अनलाइन

काठमाडौं। पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले फेरि सरकार बनाउने खेल शुरु भएको भन्दै चिन्ता प्रकट गरेका छन् ।

उही काम दोहोर्‍याएर फरक नतिजा खोज्नु पागलपन भएको भन्दै डा. भट्टराईले दलहरूलाई सांसदको टाउको गन्ने खेलतिर नलाग्न चेतावनी दिएका छन् ।

‘आइन्स्टाइटन भन्थे– पुरानै कुरा दोहोर्‍याउनु अनि नयाँ परिणाम खोज्नु पागलपन हो । संसद् पुनर्स्थापनापछि देशमा एक पक्ष अनेक बहाना गरेर संसद विघटनतिर लान खोज्नु र अर्को पक्ष विगतको कुनै समीक्षा नगरी सांसदको टाउको गन्ने र सरकार बनाउने खेलतिर लाग्नु विडम्बनापूर्ण छ,’ शनिबार राति डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबैले आत्मसमीक्षा गर्ने कि ?’ डा. भट्टराई अहिले उपचारको शिलशिलामा भारतको नयाँदिल्लीमा छन् ।

 

 
 
  
 

You may also like