ओलीद्वारा देव गुरुङलाई हटाएर प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् ।

ओलीले गुरुङको ठाउँमा विशाल भट्टराईलाई जिम्मेवारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

गुरुङ नेकपा प्रचण्ड माधव–समूहमा छन् । ओलीले उनलाई हटाएर आफ्नो समूहमा रहेका खोटाङका सांसद भट्टराईलाई जिम्मेवारी दिएका हुन् ।

 
 
  
 

You may also like