वृहत पोषण लक्षित कार्यक्रमको प्रशिक्षक, प्रशिक्षण तालिम सुरु

by समतल अनलाइन

निरु थापा
बुटवल। प्रदेश सरकार लुम्विनी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्याल रुपन्देहीको आयोजना, यु . एस . अई . डी र सुआहाराको आर्थिक संहयोगमा एक हत्ते वृहत पोषण लक्षित कार्यक्रम सुरु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ८ अवस्थिीत मेरिगोल्ड होटलमा भएको प्रशिक्षक, प्रशिक्षण तालिममा स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा विनोद गिरीले वृहत पोषण लक्षित कार्यक्रमको बारेमा प्रकाश पादै विभिन्न पालिकाहरुबाट तालिम सिकेका स्वास्थ्यकर्मीहरु लाई पोषण सम्बन्धी समाजमा अझ बढी सचेतना गराउन आग्रह गर्नु भयो । उहाँले हाम्रो समाजमा पोषणको बारेमा बढी जानाकार नहुदाँ यसको महत्व बुझन नसकेको हुदाँ यस प्रकारको प्रशिक्षक , प्रशिक्षण तालिमले बढी टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

वृहत पोषण लक्षित कार्यक्रममा रुपन्देही जिल्लाका १६ पालिकाका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । एक हत्ते वृहत पोषण लक्षित कार्यक्रममा राष्ट्यि पोषण, नीति तथा रणनीति, राष्ट्यि पोषण कार्यक्रम, बहु क्षेत्रीय पोषण योजना, पोषिलो खाजा, पोषणको महत्व र आवश्यकता सम्बन्धी प्रशिक्षक, प्रशिक्षण तालिम दिइने छ ।

वृहत पोषण लक्षित कार्यक्रममा पोषण फोकल पर्सन टिकाराम अधिकारी , युनिसेफका पोषण अधिकृत मिना थापा , सुआहाराका प्राविधिक रक्षा गिरी लगायतले प्रशिक्षक, प्रशिक्षण दिनु हुनेछ आज देखि सुरु भएको तालिमको समापन फागुन १ गते हुने सुआहारा परियोजनाका लुम्विनी प्रदेश संयोजक भरत शर्माले जानाकारी दिनु भएको छ ।

 
 
  
 

You may also like