सरोज युग : जसले नेपाली स्नुकरलाइ सही बाटो देखाए

by समतल अनलाइन

दिपक न्यौपाने
बुटवल । काठमाण्डौ भोटबहालका सरोज कुमार मुल्मि उमेरले ५ दशक पुग्न अब केहि महिनामात्र बाकी छ । तर जिबनको ३२, ३३ बर्ष देखी नेपालको स्नुकर खेलको बिकासका लागी योगदान दिइरहेका उनी आफैमा चर्चित खेलाडीहुदै सघंको नेतृत्वसम्म पुगेका छन ।हाल नेपाल विलियर्ड स्नुकर तथा पुल सघंका केन्द्रिय अध्यक्ष रहेका सरोजकुमार मुल्लि आफैमा एक चर्चित खेलाडीमात्र भएनन उनको नेतृत्वले नेपालको स्नुकर खेलको बिकासले सहि बाटो लिएको छ । कुनै बेला एउटा सामान्य कोठामा मात्रै सिमित नेपालको स्नुकर खेललाइ अन्र्तराष्ट्रिय क्षेत्रमा फैलाउन पछिल्लो समय उनले गरेको मेहेनतले प्रस्ट हुन्छ कि आगामी दिनमा यो खेलले आफ्नो उचाइ अझ बढाउने छ ।
हाल नेपालका ७७ जिल्लामै खेलीने यस खेलको बिकासका लागी उनी र उनको टिमले योजनाबद्ध ढगले काम अगाडी बढाएको छ ।
हामी प्रतीयोगीताहरुलाइ निरन्तर दिने प्रयासमै छौ, सघंका अध्यक्ष मुल्मि भन्छन – जबसम्म खेलाडीहरुले आन्तरीक प्रतीस्पर्धामा आफ्नो प्रतीभा प्रस्फुटन गर्दैनन तबसम्म स्नुकर खेलको बिकास हुन सक्दैन । त्यसले बार्षीक रुपमा जिल्लादेखी केन्द्रसम्म दर्जनौ प्रतीयोगीताहरु आयोजना गरिरहेका हुन्छौ । ”


साकुरा नेपाल ओपन च्याम्पियनसिप, एन.जी जुनियर ओपन टुर्नामेन्ट, चामुन्डा अल नेपाल स्नुकर प्रतीयोगीतालाइ निरन्तरता दिएको सघंले माघमै चक्र लामा किसन लामा मेमोरियल अल नेपाल स्नुकर च्याम्पियनसिप प्रतीयोगीता आयोजना गर्दै छ । उपत्यका बाहिरका जिल्लाबाट खेलाडी छनौट भइसकेको अध्यक्ष मुल्मिले जानकारी दिए ।
नेपालमा अन्र्तराष्ट्रिय स्तरको प्रतीयोगीता आयोजना गर्ने लक्ष्य राखेका उनकै कार्यकालमा नेपाली खेलाडीहरुले बाहिर देशमा पनी प्रतीस्पर्धा गर्ने अबसर पाएका छन । चन्डिगढमा अन्डर २१ एसियन च्याम्पियनसिप , सेल्फ ओपन च्याम्पियनसिप बगलादेशमा खेलाडीहरुले राम्रो प्रर्दशन गरेका थिए । सघंमा २ बर्ष बिताइसकेका उनले आगामी दिनमा अन्य देशमा पनी नेपाली खेलाडीहरुले प्रतीस्पर्धा गरेर अनुभब बटुल्ने बताए ।
काठमाण्डौ भोटेबहाल वडा नम्बर ११ का वडासदस्य समेत रहेका उनी नेपाल खेलाडी तथा प्रशिक्षक सघंको सचिब पनी हुन ।

“मोफसललाइ प्राथमिकता ”

उनको पहिलो प्राथमिकता भनेकै केन्द्रमा निरन्तर प्रतीयोगीता आयोजना गर्नु र मोफसलका खेलाडीहरुलाइ प्रोत्साहन गर्नु हो । स्नुकरलाइ राम्रो नजरले हेर्ने चलन थिएन अब यो पुर्णत ब्यबसायीक खेल हुदै छ , बिगत सम्झदै सरोजकुमारले भने – यो खेलको बिकासका लागी सम्बन्धित खेलकुद संस्थाहरुले पनी नजर लगाएनन । बिस्तारै लय समातेको नेपालको स्नुकर अन्र्तराष्ट्रिय क्षेत्रको तुलनामा धेरै कम भएपनी आउदो दिनमा यसले फड्को मार्ने बिश्वास लिएको छु । राजु लामा, रेगन श्रेष्ठ, दिपक बोहोरा लगायत धेरै खेलाडीहरुले राम्रो प्रर्दशन गरिरहनुभएको छ र नया युवाभाइहरु पनी उत्तिकै प्रतीभावान हुनुहुन्छ । ”
उनकै पहलमा नवौ राष्ट्रिय खेलकुदमा पनी स्नुकरलाइ समाबेश गर्ने सम्भाबना बढेको छ भने स्नुकरमा महिला खेलाडीहरुको आर्कषण बढाउन पनी बिभिन्न प्रशिक्षणहरु सन्चालन गर्ने योजना रहेको छ ।

 
 
  
 

You may also like