उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार–२०७६ बाट पत्रकार लक्ष्मण पौडेल सम्मानित

by समतल अनलाइन

बुटवल । उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार–२०७६ बाट पत्रकार लक्ष्मण पौडेल सम्मानित भएका छन् । अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार नारायण प्रसाद सापकोटाद्वारा स्थापना गरिएको उक्त पुरस्कार पौडेललाई प्रदान गरिएको हो ।पौडेल गोरखापत्र दैनिक र बुटवल टुडे दैनिकका संवाददाता हुन् ।

उनी तिलोत्तमा मिडिया क्लबका अध्यक्ष समेत हुन् । पत्रकारिताको माध्यमबाट वातावरणको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै उनलाई बुधबार नगदसहित सम्मान गरिएको हो ।पौडेललाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, सचिव रामप्रसाद दाहाल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जि।सी। र सल्लाहकार नारायण प्रसाद सापकोटाले पुरस्कार प्रदान गरे । नेपाल पत्रकार महासंघको सहकार्यमा हरेक वर्ष वितरण हुने उक्त पुरस्कारको रकम २५ हजार रुपैयाँ रहेको छ ।

प्रत्येक वर्ष विश्व वातावरण दिवस जुन ५ तारिखमा पुरस्कार वितरण गरिदैं आए पनि कोभिड–१९ को संक्रमणका कारण यसपटक वाषिक साधारणसभामा प्रदान गरिएको पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्यले बताए ।कार्यक्रममा बोल्दै अग्रज पत्रकार नारायण प्रसाद सापकोटाले राजनीति भन्दा वातावरण र विकासको मुद्दालाई उठाउनुपर्ने बताए ।पत्रकार लक्ष्मण पौडेलले पुरस्कारले आफुलाई वातावरणको क्षेत्रमा कलम चलाउन थप उर्जा मिलेको बताए ।

 
 
  
 

You may also like