सैनामैनामा अपाङ्गता भएकालाई निशुल्क स्वास्थ्य शिविर

by समतल अनलाइन

सैनामैना । सैनामैनाको कलौनिमा अपाङ्गता भएका व्यक्तिहरुलाइ लक्षित गरी निशुल्क स्वास्थ्य शिविर तथा क्षमता पहिचान कार्यक्रम सम्पन्न भएको छ । सैनामैना नगरपालिकाको आयोजना तथा युथ फर नेसन्स र रुपन्देही अपाङ्ग पुर्नस्थापना केन्द्र कलौनिको सहकार्य र रोटरी क्लब अफ सैनामैनाको सहयोगमा अपाङ्गता भएका ब्यक्तीहरुको समस्या र क्षमता पहिचान गर्ने उद्देश्यका साथ सो कार्यक्रम गरीएको हो ।

सैनामैना नगर क्षेत्रभित्र अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य समस्याको पहिचान गर्नका लागि र क्षमता पहिचान गर्नका लागि कार्यक्रम प्रभावकारी हुने सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले बताउनु भयो । शारीरिक तथा बौद्धिक अपाङ्गता भएकाहरुको शारिरीक अवस्था र उनीहरुको मनोबल उच्च राख्नको लागी नगरले यस प्रकारका कार्यक्रमहरु संचालन गर्दै आएको समेत प्रमुख कार्कीले बताउनु भयो ।

स्वार्थ भन्दा माथि सेवा भन्ने मुख्य उद्देश्यका साथ सञ्चालित रोटरी कल्ब अफ सैनामैनाले मानवताको मर्मलाइ आत्मराथ गर्दै काम गरिरहेको र यस कार्यक्रममा पनि अपाङ्गता भएका १५० जनाका लागि टिसर्ट सहयोग गरेको क्लबका अध्यक्ष दुर्गा गौतमले जानकारी दिनुभयो । क्लबले अपाङ्गता भएका ब्यक्तिहरुको क्षमतालाइ बुझि आफ्ना कार्यक्रमहरु अगाडि बडाउने समेत अध्यक्ष गौतमले बताउनुभयो ।
स्वस्थ्य नेपाल खुशी नेपाली भन्ने मुल नाराका साथ सैनामैनमा यस कार्यक्रमको आयोजना गरिएको जानकारी युथ फर नेसन्सका डाःनिकलस भुसालले बताउनुभयो ।

नगरपालिकाले निशुल्क स्वास्थ्य सिबिर संचालन गरेर आफुहरुको सम्मान गरेको शिबिरमा सहभागी सैनामैना ९ का रामप्रसाद पोखरेलले बताउनु भयो । निःशुल्क रुपमा स्वास्थ्य सेवा पाउदा राहत मिलेको अनुुभुति भएको र शिबिरमा सहभागि हुन पाउदा खुसी लागेको सैनामैना २ का भुवनेश्वर थारुले बताउनुभयो । शिबिरमा सेवा लिन आउनु भएका उहाहरु शारिरीक अपाङ्गता हुनुहुन्छ ।
कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरु सबैलाइ आवश्यक उपचार तथा परामर्श प्रदान गरिएको थियो । औषधी र चिकित्सक समुहको ब्यवस्था युथ फर नेसन्सले नै गरेको हो ।

 
 
  
 

You may also like