गुल्मीमा ट्रकको ठक्करबाट दुई पैदल यात्री युवाको गयो ज्यान

by समतल अनलाइन

गुल्मी। गुल्मीमा ट्रकको ठक्करबाट दुई जना पैदल यात्री युवाको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका– १३ भगारिका २६ वर्षका टोपबहादुर रजाली र २३ वर्षका बालकृष्ण भुजेलको गए राति ट्रकको ठक्करबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिएका छन् ।

उनीहरुलाई बुटवलबाट तम्घास आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका–१३ भगारीस्थित मसिने खोलामा ठक्कर दिएको थियो । दुबै जनाको घटनास्थलमै ज्यान गएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शवलाई पोष्टमार्टकको लागि गुल्मी अस्पताल तम्घासमा राखिएको छ ।

 
 
  
 

You may also like