अमेरिकी राष्ट्रपति निर्वाचन परिणाम : बाइडेन जित नजिक, ट्रम्प कानुनी दाउपेचतर्फ

by समतल अनलाइन

काठमाडौँ । अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेट उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन् ।
पछिल्लो मतगणना अनुसार अहिले जो बाइडेनले २६४ इलेक्ट्रोल मत पाएका छन् भने राष्ट्रपति ट्रम्पले २१४ इलेक्ट्रोल मत पाएका छन् । बाइडेनलाई अब जित्न आवश्यक ६ इलेक्ट्रोल मत आवश्यक रहेको छ । बाइडेनले नेभाग्रमा कायम राखेमा निर्वाचन जित छन् ।

त्यस्तै २० इलेक्ट्रोल मत रहेको पेन्सलभिनियामा अहिले राष्ट्रपति ट्रम्प २ लाख ६० हजार मतले अगाडी भए पनि यस राज्यमा डेमोक्रेटको दबदबा भएको क्षेत्रका करिब १० लाख पोस्टल मत गणना गर्न बाँकी रहेकाले सो गणना गर्दा बाइडेनले जित्ने अनुमान गरिएको छ ।

तर राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मत गणनामा धाधली भएको भन्दै कानुनी दाउपेचमा लागेको अमेरिकी मिडियाले बताएका छन् । ट्रम्प क्याम्पेनका अधिकारीहरुले मिचिगन राज्यका कतिपय स्थानको मत गणना प्रक्रियामा आफुहरुलाई समावेश नगराएको भन्दै अदालत गएका छन् ।

साथै राष्ट्रपति ट्रम्पले पोस्टल ब्यालेट (हुलाकमार्फतको मतदान) मा धाधली भएको भन्दै ति मत गणना हुन नहुने बताउदै आएका छन् । कोरोना महामारीका कारण डेमोक्रेटहरुले आफ्ना समर्थकलाई बढी भन्दा बढी पोस्टल ब्यालेटमार्फत मतदान गर्ने अभियान नै चलाएकाले पोस्टल ब्यालेटमा डेमोक्रेटहरुको मत धेरै रहेको बताइदै आएको छ ।

अमेरिकामा कुल ५३८ वटा इलेक्ट्रोरल कलेज मतमध्ये जुन उम्मेदवारले २७० भन्दा बढी मत प्राप्त गर्न सक्छ उसैलाई विजयी भएको मानिन्छ

 
 
  
 

You may also like