भारतमा थप ६० हजारमा संक्रमण

by समतल अनलाइन

काठमाडौं ।भारतमा थप ६० हजार जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।पछिल्लो २४ घण्टामा ६० हजार ३६५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७३ लाख ६५ हजार ४३५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६४ लाख ४८ हजार ५४५ जना संक्रमणमुक्त भएका छन् । ८ लाख ४ हजार ७४६ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १२ हजार १४४ पुगेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ थप ८३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

 

 
 
  
 

You may also like