रुपन्देहीमा थप १ सय ५८ जना कोरोना संक्रमण पुष्टि

by समतल अनलाइन

बुटवल। रूपन्देहीमा साेमबार थप १ सय ५८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।यससँगै रूपन्देही जिल्लामा काेराेना भाइरस संक्रमितको संख्या ३ हजार ८ सय ५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा रूपन्देही जिल्लामा ५९ महिला र ९९ पुरूष गरि १ सय ५८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रूपन्देहीको बुटवल उपमहानगरपालिकामा ९७ जना,तिलाेत्तमा नगरपालिकामा २३ जना,सिद्धार्थनगर नगरपालिकामा २३ जना, सैनामैना नगरपालिकामा ५ जना,देवदह नगरपालिकामा ४ जना,कञ्चन गाउपालिकामा ५ जना, सियारी गाउपालिका,सुद्वाेधन गाउपालिका, आेमसतिया गाउपालिका र राेहिणाी गाउपालिकामा १/१ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको हो ।

रूपन्देही जिल्लामा हालसम्म २ हजार ५ सय ४४ जना काेराेना भाइरस संक्रमित उपचारपछि निकाे भएर घर फर्किएका छन् भने ४१ जना संक्रमितको मृत्यु भएको छ ।

जिल्लामा हाल १ हजार २ सय ६५ जना काेराेना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।

 
 
  
 

You may also like