कर्णाली प्रदेशका मुख्यमन्त्री शाहिलाई नेकपाका सांसदहरुले अविश्वास प्रस्तावको मुद्दा दर्ता

by समतल अनलाइन

सुर्खेत। कर्णाली प्रदेशमा नेकपाका आफ्नै सांसदहरुले दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्

आजको प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको हो । प्रदेश दलका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुन्।

उनीहरुले मुख्यमन्त्री शाहीबाट सरकार र पार्टीको प्रभावकारिता जनस्तरमा कमजोर भएको आरोप लगाउँदै नेकपा प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४ १ बमोजिम संसदीय दलका नेता मुख्यमन्त्री शाहीविरुद्ध विश्वास नभएकोले अविश्वासको प्रस्ताव पेश गरेको जनाएका छन्।

३३ जना संसद रहेको प्रदेशमा १७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।

कर्णाली प्रदेशमा सरकारले काम गर्न नसकेको भन्दै पार्टीभित्रैकै सांसदहरु सरकारको कामसँग असन्तुष्ट रहेका छन् ।

 
 
  
 

You may also like