रुपन्देहीमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि

by समतल अनलाइन

बुटवल ।रुपन्देहीमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार शुक्रबार जिल्लामा २५ महिला ५२ पुरुष गरि ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पालिकागत हिसावले शुक्रबार पनि रुपन्देहीमा सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा संक्रमित थपिएका छन् । बुटवलमा ४४ जना नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमा नगरपालिकामा २० जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरि सिद्धार्थनगर नगरपालिकामा ४ जना, देवदह नगरपालिकामा ३ जना, सियारी र कञ्चन गाँउपालिकामा २।२ जना तथा सैनामैना नगरपालिका र सुद्धोदन गाँउपालिकामा १।१ जना नयाँ संक्रमित थपिएका छन् ।

शुक्रबार थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या २७७९ पुगेको छ । जिल्लमा २५ जना संक्रमितको ज्यान गएको छ भने २०१९ जना कोरोना मुक्त भएका छन् ।

 
 
  
 

You may also like