97
बुटवल। रुपन्देहीमा सोमबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। रुपन्देहीमा आज थपिएसँगै कुल संक्रमितको संख्या २ हजार ७२ पुगेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका ९ महिला ४ पुरुष गरी १३ जना, सिद्धार्थनगर नगरपालिकामा ४ जना पुरुषमा र तिलोत्तमा नगरपालिकामा १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।
जिल्लाका विभिन्न क्षेत्रबाट १३०२ जना निको भएर फर्किसकेका छन भने ७४९ जना सक्रिय संक्रमित विभिन्न अस्पताल र होम आइशोलेशनमा उपचाररत छन्।