त्रिवि शिक्षण अस्पतालका डाक्टर नर्ससहित थप ४ जनामा कोरोना पुष्टि

by समतल अनलाइन

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा डाक्टर नर्ससहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा कोरोना व्यवस्थापन समितिका संयोजक डाक्टर दन्तकुमार दासका अनुसार अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेमा डाक्टर एकजना, २ जना नर्सिङ स्टाफ र एकजना हेल्थ असिस्टेन्ट छन् ।

त्रिवि शिक्षण अस्पतालमा यसअघि १८ जना डाक्टर नर्ससहितका स्वास्थ्यकर्मीहरु संक्रमित भइसकेका छन् । उनीहरु सबै त्रिवि शिक्षण अस्पतालको आइसोलेसनमा उपचारत रहेको डा दासले बताए ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा दासको भनाइ छ । ‘आज थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भयो, यसअघि हाम्रो अस्पतालको १८ जना स्टाफमा कोरोना पुष्टि भइसकेको छ,’ डा दासले खबरहबसँग भने, ‘उहाँहरु सबै हाम्रै अस्पतालमा आइसोलेसनमा हुनुहुन्छ, सबैको स्वास्थ्य अवस्था सामान्य छ ।’

 
 
  
 

You may also like