कोरोना र स्वएकान्तबास कविता प्रतियोगिता सम्पन्न

बुटवल । विश्वव्यापीरुपमा फैलिएको महामारीका कारण मानिसहरु आफ्नो घरमा बन्द भएर बस्नुपर्ने अवस्थामा युवाहरुको सृजनशीलता प्रस्फुटन गर्ने हेतुले टिम नेपो र भोलिन्टिएर कोर्प्स नेपाल को संयुक्त आयोजनामा “कोरोना र स्वएकान्तबास” विषयवस्तुमा आधारित रही राष्ट्रव्यापी Online Poetry Writing Contest सम्पन्न गर्यो । कोरोना महामारिको असर नेपालमा पनि पर्दै गर्दा कविताको माध्यमबाट सचेतना फैलाउने प्रतियोगिताको उदेश्य रहेको आयोजक टिम नेपो सुर्खेत का जिल्ला संयोजक आशिष ठानीले जानकारी दिए । टीम नेपो नामक युवाहरुको संस्थाले युवा नेतृत्व, शिक्षा, स्वास्थ्य र प्रकृति संरक्षणका क्षेत्रमा देश व्यापी रुपमा कामगर्दै आएको को कुरा पनि उनले अवगत गराए ।

पचास जना सहभागिहरुले भाग लिएको उक्त प्रतियोगिताको प्रथम स्थान कोहलपुरका किरण लम्सालले हात पारे, त्यसै गरि दोश्रो र तेश्रो पोखराकि सरु श्रेष्ठ र डडेल्धुराका टंक भण्डारी भए । कविताको माध्यमबाट कोरोना भाइरसबारे जनकारिमुलक तथ्यहरु प्रस्तुत भएका थिए । सो प्रतियोगितामा निर्णायक मण्डलमा आधुनिक कविताका चर्चित कवि मनोज भण्डारी र रशिक राज रहेका थिए । प्रतियोगिताका कविताहरु निकै सन्देशमुलक भएको र समाजलाई राम्रो सन्देश दिएको भन्दै समृद्धि फाइनान्स, बुटवल शाखाका शाखा प्रमुख बिष्णु प्रसाद रिजालले प्रतियोगिताको पुरस्कार प्रयोजन गर्नुभएको थियो । हेटौडामा केन्द्रिय कार्यालय रहेको समृद्धि फाइनान्सले यस लक्डाउन को अवस्थामा पनि आफ्ना सम्पूर्ण शाखा हरु बाट सेवा दिएको पनि जानकारी गराउनुभयो र यसै सन्दर्भमा यस्तो प्रतियोगिता मार्फत सहयोग गर्न पाएकोमा पनि खुसि ब्यक्त गर्नु भयो ।

 
 
  
 

You may also like