आइसुलेसन कक्षमा मृत्यु : कोरोनाकै लक्षण भएपनि समयमा परिक्षण हुन् सकेन !

बुटवल। बुटवलको धागो कारखानामा बनाईएको आईसोलेटेड अस्पतालमा आइतबार बिहान ३४ बर्षीय व्यक्तिको मृत्यु भयो । चैत ६ गते दुवईबाट फर्किएका उनि ३ जनाको परिवारसँग सैनामैना नगरपालिका ४ सिसौडाँडामा भाडाको घरमा बसोबास गर्दै आएका थिए ।

घर फर्केको केही दिनपछि ज्वरो आउन थालेपछि उलाई घर नजिकैको मेडीकलमा लगिएको थियो । औषधी खाँदासमेत निको नभएपछि वडाध्यक्ष धनबहादुर कार्कीसहित केही छिमेकीहरुले उनलाई मुर्गीयाको पर्रोहा स्वाथ्य चौकी लगेका थिए । त्यतिन्जेलसम्म पनि उनि क्वारेण्टाइनमा बसेका थिएनन् भने काठमाडौंदेखि घरसम्म आउदा सार्वजनिक माइक्रोमा यात्रा गरेका थिए ।

स्वास्थ्य चौकीले कोरोनाको संक्रमणको लक्षणहरु बिरामीमा देखा परेको भन्दै बुटवलको कोरोना विषेश अस्थाई अस्पताल लैजान सुझायो । उनलाई चैत १३ गते बुटवल ल्याईयो ।

अस्पतालमा ल्याईएपछि उनमा देखिएका लक्षणहरु थप बिग्रदै गएको थियो । स्वासप्रस्वासमा समस्या बल्झीएपछि आज आईतबार दिउँसो एक बजे सोही अस्पतालमा मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले पुष्टी गरे । उनका अनुसार बिरामीलाई कुनै दिर्घ रोग थिएन ।
बिरामीको अवस्था बिग्रेपछि बिहानैदेखि उनलाई आईसीयुमा राख्ने तैयारी समेत थालिएको थियो । यद्यपी अस्पतालमा भेन्टीलेटरको सुविधा छैन ।

कोरोनाकै लक्षण देखिदा समेत परिक्षण भएन

कोरोनाको लक्षणसहित अस्पताल आएका उनको तीन दिनसम्म पनि कोरोना परिक्षण गरिएको थिएन । बल्ल आजमात्रै बिरामीको स्वाब परिक्षणका लागि काठमाडौं राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएको फोकल पर्सन डा. थापाले जानकारी दिए । उनको मृत्यु हुनुपुर्व नै स्वाब लिईएको डाक्टर थापाले बताए । स्वाब परिक्षणपछि आएको रिपोर्टबाट बिरामीको मृत्युको वास्तविक कारण खुल्ने छ ।

बिरामीको ‘ट्राभल हिस्ट्री’ र कोरोनासँग मिल्दो जुल्दो लक्षणहरु दुबै अस्पतालमा भर्नाहुनासाथ कोरोना प्ररिक्षण हुनु पर्ने भएतापनि कोरोना परिक्षण गर्न काठमाडौं पठाउनु पर्ने बाध्यता भएकाले ढिलाई हुन पुगेको अस्पतालको तर्क छ ।

यसो त प्रदेशका कोरोना परिक्षण उपकरण नहुँदा कोरोना संदिग्ध व्यक्तिहरुको समेत परिक्षण गर्न सकिएको छैन । प्रदेशमा १ सय ९० वटा क्वारेण्टाइन र त्यहाँ सयौंको संख्याका कोरोना संदिग्धहरु रहेपनि उनिहरुको कोरोना परिक्षण हुन पाएको छैन ।

प्रदेश ५ का १२ वटा जिल्लाबाट हालसम्म २५ जनाको मात्रै कोरोना परिक्षण भएको छ । बाँकी २७ जनाको रिपोर्ट आउने क्रममा छ ।

भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा प्रदेशस्तरीय प्रयोगशाला बनाउने प्रदेश सरकारले निर्णय गरेको थियो । तर, विशेषज्ञ प्राविधिक ोली र परिक्षणका उपकरणहरु नहुँदा त्यहाँ परिक्षण हुन सकेको छैन ।

परिवारलाई क्वारेण्टाइनमा राख्ने तैयारी

मृतककी श्रीमती र दुई छोरालाई सैनामैनास्थित प्राकृतिक चिकित्सालयमा निर्माण गरिएको क्वारेण्टाइनमा राख्ने तयारी थालिएको वडाध्यक्ष वडाध्यक्ष धनबहादुर कार्कीले जानकारी दिए । अस्पताल लैजानुपुर्व बिरामीसँग सम्पर्कमा आएका सबै व्यक्तीहरुको खोज्न थालिएको पनि उनले जानकारी दिए । ‘मृतकका परिवारलाई आजै क्वारेण्टाइनमा राखिन्छ । उनिसँग सम्पर्कमा आएका सबैजनाको पहिचान गर्ने काम सुरु गर्न लागेका छौं ।’ उनले भने ।

 

 
 
  
 

You may also like