व्यवसायीक सटरको भाडा नलिईने तिलोत्तमा चेम्बरको निर्णय

by समतल अनलाइन
Shares

बुटवल । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणको जोखिमका व्यापार व्यवसाय बन्द भईरहेका बेला तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष लगायत पदाधिकारी तथा सदस्यहरुले भाडामा लगाउंदै आएका सटरको भाडा नलिने निर्णय गरेका छन् ।
चेम्बर अफ कमर्सका अध्यक्ष झविन्द्र प्रसाद कंडेलले भाडामा लगाउंदै आएको आफ्ना ९ वटा व्यवसायीक सटरको चैत्र महिनाको भाडा मिनाहा गर्ने घोषणा गरेका छन् । त्यस्तै संस्थाका सचिव हरि प्रसाद उपाध्यायले पनि भाडामा लगाउंदै आएको १० वटा सटरको चैत्र महिनाको भाडा नलिने घोषणा गरेका छन् ।
संस्थाका कोषाध्यक्ष नेत्र प्रसाद न्यौपाने र सदस्यहरु विष्णु कालिराज र तोलाकान्त भण्डारीले पनि एकमहिनाको घरभाडा छुट गर्ने बताएका छन् । चेम्बर अफ कमर्सले कोरोना जोखिमको कारण व्यापार व्यवसाय बन्द गर्नुपर्दा व्यवसायीहरुको आम्दानीको श्रोत नै बन्द भएकोले भाडामा लगाउंदै आएका सटरहरुको एकमहिनाको भएपनि भाडा मिनाहा गरिदिन घरधनीहरुलाई आग्रह गरेको छ ।

You may also like

This will close in 0 seconds