कोरोना : सामाजिक दूरी किन जरुरी ?

by समतल अनलाइन
201Shares

कोरोना संक्रमणको जोखिम कम गर्न विश्व स्वास्थ्य संंगठन लगायतका निकायले सामाजिक दूरी कायम गर्न भनिरहेका छन्। यस्तो किन जरुरी छ त?

सामाजिक दूरी अर्थात् एकअर्कासँग टाढै रहनुपर्छ जसले गर्दा संंक्रमणको जोेखिम कम हुन्छ।

कोरोना भाइरसबाट संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा उसका थुक र सिंगानका निकै मसिना कण हावामा फैलिन्छन्। ती कणमा कोेरोना भाइरस (कोेभिड– १९) का विषाणु हुन्छन्।

संंक्रमित व्यक्तिको नजिक जाँदा यी विषाणुयुक्त कण तपाईंको शरीरमा प्रवेश गर्न सक्छन्। तपाईंले यी कणहरु खसेको सतहमा छुनुभयो र त्यही हात आफ्नो आँखा, नाक र मुखसम्म पुर्‍याउनुभयो भने पनि रोगका विषाणु तपाईंको शरीरभित्र पुग्छन्।

त्यसैले खोक्दा, हाछ्यूँ गर्दा कागजको रुमाल प्रयोग गर्नु, साबुन पानीले राम्रोसँग हात नधुँदै अनुहारलाई हातले नछुनुु र संक्रमित व्यक्तिको सम्पर्कमा जानबाट बच्नु यो भाइरसलाई फैलनबाट रोक्नका लागि निकै महत्त्वपूर्ण छ।

त्यसैले कोरोनाबाट बच्न धेरै मानिस एकै ठाउँमा भेला नहुन र एकअर्कासँग कम्तीमा दुई मिटरको दुरी कायम गर्न भनिएको हो। यस्तो बेला हात मिलाउने, अंगालो हाल्ने, एकअर्कालाई छुने काम त झन् गर्नै हुँदैन।

त्यसैले सरकारले धेरै मान्छे एकै ठाउँमा भेला नहुन, शैक्षिक संस्था, सिनेमा हल, स्विमिङ पुल, डान्स बार बन्द गर्न तथा धेरै मान्छे एकै ठाउँमा भेला हुनसक्ने सबै स्थान बन्द गर्न निर्देशन दिएको हो।

संक्रमणकै जोखिम कम गर्नका लागि धेरै संस्थाले नियमित बैठकसमेत भिडियो कन्फ्रेन्सिङबाट गर्न थालेका छन् भने घरमै बसेर काम गर्न सम्भव हुने संंस्थाहरुले कार्यालय बन्द गर्न थालेका छन्।

रेस्टुरेन्ट, सपिङ मलमा मानिसको भीडभाड हुने हुँदा त्यस्ता ठाउँमा दुई व्यक्तिबीच कम्तीमा एक मिटरको दुरी कायम गर्न, ह्यान्ड स्यानिटाइजर बारम्बार प्रयोग गर्न र धेरै मानिसले छुने सम्भावना भएका सतह नियमित सफाइ गर्न भनिएको छ।

अत्यन्त जरुरी नभई यात्रा नगर्न, यात्रा गर्नै परे बस, ट्रेन र प्लेनमा अन्य व्यक्तिसँग दुरी कायम गर्नु जरुरी छ। त्यस्तै असुरक्षित सतहलाई छोएपछि हात राम्रोसँग साबुनपानीले धुन वा स्यानिटाइजर प्रयोग गर्नुपर्छ।

पसल वा अन्य व्यावसायिक काम जसमा धेरै मानिससँग सम्पर्कमा जानैपर्ने हुन्छ त्यस्ता व्यक्तिले पनि कम्तीमा एक मिटर दूरी काम गर्नु जरुरी हुन्छ।

You may also like

This will close in 0 seconds