प्रधानमन्त्रीको सम्बोधन अत्यावश्यक बाहेकका सेवा, लामोदुरीका यातायात र अन्तराष्ट्रिय हवाई उडानमा रोक

बुटवल । सरकारले अत्यावश्यक बाहेकका सेवाहरु चैत ९ गतेदेखि २१ गते सम्मको लागि बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको प्रतिरक्षास्वरुप सरकारले राजपत्रमा अंकित अत्यावश्यकबाहेकका सेवाहरु बन्दगर्ने निर्णय लिएको हो ।
त्यस्तै सरकारले चैत ९ गतेदेखि सबैखाले अन्तरास्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ भने चैत १० गते देखि लामो दुरिका सबै सवारीसाधन सञ्चालनमा रोक लगाईने छ ।

शुक्रबार प्रधानमन्त्री के.पी शर्मा ओलीले राष्ट्रका नाममा संबोधन गर्दै विश्वव्यापीरुपमा फैलिरहेको कोरोना संक्रमणको प्रतिरक्षास्वरुप यस्तो निर्णय लिईएको जानकारी दिए ।

उनले महामारीको यस्तो समयमा हतोत्साही नभई संमयम रहन देशवासीलाई आग्रह गरेका छन् । ‘महामारीसँग जुध्न सजिलो छैन । हामीले केही समयका लागि आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरूरी भएको छ । यसले जनजीवनमा केही असहजता ल्याउन सक्छ, हाम्रा आनीबानी र दैनिक व्यवहारलाई असर पार्न सक्छ । तर सम्भावित संक्रमणलाई परास्त गर्न हामीसँग यस बाहेक अर्को विकल्प पनि छैन ।’ उनले भने ।

 
 
  
 

You may also like