पश्चिमी वायुको प्रभावले चट्याङ, मेघगर्जन र हावाहुरीसहित बर्षा

काठमाडौं। नेपालको मौसमी प्रणालीमा फेरि पश्चिमी वायुको प्रभाव देखिएको छ ।यहि पश्चिमी वायुको प्रभावका कारण आज (शुक्रबार) देशका केहि स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै केही स्थानमा हिमपातको सम्भावना समेत रहेको जनाइएको छ ।

हालको नेपालको मौसम भने पश्चिमी र मध्य क्षेत्रमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली भएको छ । यसैगरी, दिउँसो देशभरी नै सामान्य बदली हुनेछ ।

पश्चिमी तथा मध्य भू–भागका केही स्थानहरूमा र पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ । साथै देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आज राति भने देशभर नै सामान्यदेखि पूर्ण बदली रहने जनाइएको छ । यससँगै पश्चिमी भू–भाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

 
 
  
 

You may also like