443
काठमाडौँ । अहिले नेपालमा पश्चिमी बायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
आज (मंगलबार) दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै र तराईका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
previous post