दुर्योधनलाई मारेपछि धृतराष्ट्रलाई भेट्न पुगे भीम, अनि भयो अनौठो घटना

by समतल अनलाइन

महाभारतमा कौरव र पाण्डवहरूको युद्धमा श्रीकृष्णका नीतिहरूका कारण पाण्डवहरूले विजय प्राप्त गरे । कौरव सेनामा ठूला योद्धा थिए तर उनीहरूले अधर्मको साथ दिएकाले उनीहरूको पराजय भयो ।

अन्त्यमा भीमले दुर्योधनको वध गरिदिए । युद्ध समाप्त भएपछि सबै पाण्डवहरू दुर्योधनका पिता धृतराष्ट्रलाई भेट्न पुगे । उनीहरूसँग श्रीकृष्ण पनि थिए ।

भीमले धृतराष्ट्रका प्रिय पुत्र दुर्योधन र दुःशासनलाई निदर्यतापूवर्क मारेकाले धृतराष्ट्र रिसाएका थिए । उनी भीमलाई मार्न चाहन्थे ।

युद्धपछि श्रीकृष्णसँग युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव धृतराष्ट्रलाई भेट्न जाँदा युधिष्ठिरले धृतराष्ट्रलाई प्रणाम गरे । अन्य पाण्डवले पनि प्रणाम गरे ।

धृतराष्ट्रले भीमलाई अँगालो हाल्ने इच्छा देखाउँदा श्रीकृष्णले तत्कालै भीमको स्थानमा भीमको फलामे मूर्ति राखे । उक्त मूर्तिलाई दुर्योधनले दिनदिनै मुक्का हान्नका लागि राखेका थिए । धृतराष्ट्र एकदमै शक्तिशाली थिए । उनले रिसको सुरमा भीमको फलामे मूर्तिलाई दुवै हातले थिचे र टुक्राटुक्रा बनाए ।

मूर्ति फुटाउँदा उनको मुखबाट रगत निस्कन थाल्यो र उनी भुइँमा लडे । केही बेरपछि उनको क्रोध शान्त भयो । उनलाई भीम मरेको जस्तो लाग्यो अनि उनी रुन थाले । तर श्रीकृष्णले धृतराष्ट्रलाई भीम जीवितै रहेको र मूर्ति तोडेको बताए । यसरी श्रीकृष्णले भीमको ज्यान बचाउनुभयो ।
एजेन्सी

 
 
  
 

You may also like