काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको कामदार विजय चौधरीले पिर्काले हिर्काएर हत्या गरेको खुलासा भएको छ । घरमा रहेको सीसीटीभीको भिडियो फुटेजमा उनकै घरमा काम गर्ने चौधरीले कार्कीमाथि पिर्काले हिर्काएर घाँटी कसेको देखिएको प्रहरी स्रोतले जनाएको छ ।
मुना कार्की सानेपास्थित निवासमा आज बिहान रगतले लतपतिएर अचेत अवस्थमा भेटिएकी थिइन् भने चौधरी पनि घरमै मृत फेला परेका थिए । दाङ घर भएका विजय चौधरीले कार्कीमाथि साङ्घातिक आक्रमण गरेपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।उनको शवमा कुनै चोटपटक छैन भने उनको शव फेला परेको स्थानमाथि डोरी पनि झुण्डिएको पाइएको छ । कार्कीले बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएको बेला घरमा घटना भएको थियो । कार्कीका एक छोरा र दुई छोरी रहेका छन् ।
दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा घरमै रहेका छन् । घट्ना भएको समयमा छोरा पनि स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेकी थिइन्