141
बुटवल । कोरोना भाइरसको संक्रमणबाट प्रभावित चिनिया नागरिकको स्वास्थ्य लाभको कामना गर्दै लुम्बिनीमा प्रार्थना सभा गरिएको छ । नेपाल चीन मैत्री समाज लुम्बिनीले लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा आइतबार प्रार्थना सभा आयोजना गरी कोरोना भाइरसबाट विरामी भएका चिनियाको स्वास्थ्य लाभको कामना गर्दै प्रार्थना सभा र मृतक चिनिया नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।
उक्त कार्यक्रममा नेपाल चीन मैत्री समाजका अध्यक्ष नारायण सापकोटा, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकूलपति हृदयरत्न बज्राचार्य,लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई,लुम्बिनीस्थित चिनिया मन्दिरका गुरु सी झोङ योङ लगायत चिनिया भिक्षुहरुले प्रार्थना गरेका थिए ।
previous post