एमसिसीको दीर्घकालीन महत्व छ परराष्ट्रमन्त्री ज्ञवालीको भनाई

by समतल अनलाइन

गुल्मी । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को महत्व दीर्घकालीन रहेको बताए । प्रेस संगठन गुल्मीले मंगलबार तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले एमसिसी अध्ययनकै क्रममा रहेकाले छिमेकी मित्र राष्ट्रबीचको सम्बन्ध नबिग्रने गरी एमसिसी अगाडि बढ्ने बताए ।

४९ देशमा यो लागू भएकाले एमसिसीका बारेमा अध्ययन गर्न आग्रह गरे । एमसिसीको विषयमा सूचना र ज्ञानको अभावका कारण जिम्मेवार नेताले समेत जनतामा गलत सन्देश फैलाएको मन्त्री ज्ञवालीको भनाई छ । मन्त्री ज्ञवालीले सरकारले भ्रष्टाचारविरुद्ध हमाला सुरु गरेको बताए । उनले अख्तियारमै बसेर पनि भ्रष्टाचार गर्ने प्रवृत्ति भएकाले त्यसको अन्त्य गर्न सरकार कटिबद्ध रहेको बताए ।

 
 
  
 

You may also like