प्रदेश ५ प्रदेशसभाले स्थापना दिवस मनायो

by समतल अनलाइन

बुटवल । प्रदेश नम्बर ५ प्रदेशसभाले मंगलबार स्थापना दिवस मनाएको छ । स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा कार्यक्रममा बोल्दै मुख्यमन्त्री शंकर पोख्रेलले हाम्रो आफ्नै मौलिकतामा लोकतन्त्र ल्याएको भन्दै उहाले संघियताले जनतालाई अपनत्व बोध गराएको बताउनुभयो । उहाले संघीयताको नयाँ अभ्यासमा कहिलेकाही बाधा अड्चनहरु आएपनी, यसलाई सफलतापुर्वक कार्यसम्पादन गरेको बताउनुभयो ।

प्रदेश सभाले सहकार्यको संस्कृतीलाई अपनाईरहेको बताउदै उहाले आगामी दिनमा पनि यसलाई अझ मजबुत बनाउन आग्रह गर्नुभयो । मुख्यमन्त्री पोखरेलले सङ्घीय प्रणालीमा शक्ति पृथकीकरणको प्रयोग भएको उल्लेख गर्दै प्रदेशस्तरमा व्यवस्थापिका र कार्यपालिकाले काम गरिरहेको जानकारी दिनुभयो ।

यस्तै प्रमुख प्रतिपक्षी दलका सचेतक निर्मला क्षेत्रीले जनताहरुका गुनासाहरु आईरहन्छन, ४८ वटा बिधेयक पास गरेका छौं तर पनि प्रदेश सभाप्रती जनताका गुनासाहरु बढिरहेको बताउनुभयो । उहाले प्रदेश सरकार पारदर्शिता र अनुसाशनमा चुकेको भन्दै स्थायी राजधानी र नामाकरण टुंग्याउन प्रतिपक्षी दलको तर्फबाट पुर्ण सहयोग र समन्वय गर्न तयार रहेको बताउनुभयो ।

समाजवादि फोरमका प्रमुख सन्तोष पाण्डेले लामो संघर्षपछी राष्ट्रमा संघीयता लागू भयो तर जनताका अपेक्षाहरु पूरा हुन नसकेको बताउदै प्रदेश सभाले छिट्टै राजधानी घोषणा गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेवार, थारु, मगर लगायतका जातिबिशेष नाच र झाकि र बिबिध सास्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरीएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित प्रदेश सरकारका प्रखेश प्रमुख धर्मनाथ यादवलाई नेपाल प्रहरीले सलामी अर्पण समेत गरेको थियो ।

कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । प्रदेश सभाका सभामुख पुर्ण बहादुर घर्तिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य उपसभामुख कृण्णी थारुले राख्नुभएको थियो ।

प्रदेशसभाले हाल सम्म ५१ वटा बिधेयक दर्ता भएकोमा ४८ वटा बिधेयक सभाबाट पारित भएका छन् । ८७ सदस्सीय प्रदेशसभामा प्रमुख प्रतिपक्षदलका नेता बलदेवशार्मको अघिल्लो साता निधन भएपछि ८६ जना सदस्य रहेकाछन् । कार्यक्रममा प्रदेशसभाका ८६ सदस्यमध्ये अधिकांश अनुपस्थित रहेका थिए ।

 
 
  
 

You may also like