प्रदेश सभाको स्थापना दिवसमा खुला संसदबारे बहस

by समतल अनलाइन

बुटवल । प्रदेश सभा स्थापनाका अवसरमा खुला संसदका बारेमा बहस गरिएको छ । संसदीय मामिला पत्रकार समाज प्रदेश पाचले संसद सहयोग परियोजना, यूएनडीपीसगको सहकार्यमा शनिवार बुटवलमा गरेको कार्यक्रममा सहभागिहरुले प्रदेश सभाले बनाउने कानुनहरुमा सरोकारवालाहरुको सहभागिता बढाउदै लैजानुपर्नेमा जोड दिए ।
खुला संसद : अवधारणा र अभ्यासको कसीमा प्रदेश सभाको दुई वर्ष विषयक कार्यक्रममासहभागिहरुले कानुन निर्माणसगै कानुन कार्यान्वयनका सवालमा पनि ध्यान जानुपर्ने बताए । कार्यक्रममा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको प्रदेशसभा सदस्य परिचय पुस्तिका समेत बिमोचन गरिएको थियो ।

कार्यक्रममा वोल्दै प्रदेश नम्बर पाँचका सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभाले दुई वर्षको अवधिमा आफ्नो फाउण्डेसन तयार भएको बताएका छन् । शून्य अवस्थाबाट सुरु भएको प्रदेशसभाले दुई वर्षमा आकार लिएको बताए । उनले प्रदेससभा सदस्यहरूले सपथ लिदा राष्ट्रिय झण्डा समेत नभएको बताउदै घर्तीले दुई वर्षको अवधिमा पाँच वटा महत्वपूर्ण कामहरु भएको बताए ।

सभामुख घर्तीले प्रदेशसभाले बल्ल आधारभूत पूर्वाधार पाएको बताए । प्रदेशसभाहल, संसदीय दलका कार्यालय, पुस्तकालय, संवाद केन्द्र र मिडिया डेक्सलाई व्यवस्थित गरिएको उनको भनाइ थियो ।

उनले प्रदेशसभाले विधि बनाउने, सरकार र प्रतिपक्षबीचको दुरी घटाउने र जनताका आवाजलाई मुखरित गर्ने काम गरेको दावी समेत गरे । घर्तीले प्रदेशसभा पहिलो हुने दौडमा नलागेको तर अरुभन्दा राम्रो बनाउने काममा लागेको स्पष्ट पारे । नागरिकले प्रदेशसभाबाट गरेको अपेक्षा स्वभाविक भएकोले आलोचनात्मक सुझावलाई दिशा निर्देशको रुपमा लिएको सभामुख घर्तीको भनाइ थियो ।

उपसभामुख कृष्णी थारुले अरुले के गरे भन्दा पनि प्रदेश ५ लाई कस्तो बनाउने भन्ने विषयमा संसदको ध्यान केन्द्रित भएको बताइन । उनले खुल्ला संसदको अवधारणाले नागरिकलाई संसदका काम प्रति भोक जगाउने काम गर्ने र छलफलबाट देखिएका समस्याको समाधान हुने बताइन ।

नेकपा संसदीय बोर्डका सचिव भोजप्रसाद श्रेष्ठले कानुन बनाउने भन्दा पनि कार्यान्वयन महत्वपूर्ण पाटो भएको उल्लेख गर्दै धेरै र एकआपसमा बाझिएका कानुनका कारण कार्यान्वयनमा समस्या देखिएको बताए । अधिवक्ता महेन्द्र पाण्डेले प्रदेशसभा श्रृजनात्मक हुनुपर्नेमा जोड दिए । नागरिकले प्रदेश सभाबाट गरेका अपेक्षालाई प्रदेश सभामा प्रतिनिििधत्व गर्ने प्रदेश सभा सदस्यहरुले मनन गर्नुपर्ने धारणा उनले राखे ।

प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले प्रदेश सभालाई थप ब्यवस्थीत बनाउन विभिन्न काम हुदै आएको बताए । उनले कानुन निर्माणका सवालमा जनताको सहभागिता बढाउन विभिन्न चरणमा छलफलका साथै जिल्ला जिल्लामा समेत सुझाव संकलनका कामहरु हुदै आएको बताए ।

संसदीय मामिला पत्रकार समाज प्रदेश पाँचका अध्यक्ष विष्णु घिमिरले नया अभ्यासका क्रममा रहेको प्रदेश सभा ब्यवस्थीत हुदै गएको उल्लेख गर्दै प्रदेश सभा स्थापना यता पत्रकारहरुले रचनात्मक भुमिका खेलेको र आगामी दिनमा पनि प्रदेश सभालाई थप मर्यादित र ब्यवस्थीत बनाउन साथै प्रदेशको सम्वृद्धिमा योगदान पु¥याउने तर्फ भुमिका खेल्ने बताए ।

पत्रकार महासंघ प्रदेशका उपाध्यक्ष भरत केसी, संसदीय मामिला पत्रकार समाज प्रदेश ५ उपाध्यक्ष अमृता अनमोलले प्रदेश सभा स्थापना यता प्रदेश सभामा मिडियाले खेलेका भुमिकाका बारेमा चर्चा गरेका थिए ।

Share this:

 
 
  
 

You may also like