कम्युनिष्ट सरकारले लोकतन्त्रलाई कमजोर बनाउन खोज्यो : देउवा

by समतल अनलाइन

बुटवल। नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोसेर अधिनायकबादको बाटोमा अगाडी बढेको बताए । शनिवार तिलोत्तमा आएका देउवाले प्रेस स्वतन्त्रता तथा मानवअधिकार माथि नै प्रहार गरेर लोकतन्त्रलाई कमजोर बनाउन खोजेको बताए । दुई तिहाइको बलमा जनताको अधिकार खोसेर लोकतन्त्रको मुल्य र मर्ममाथि नै प्रहार गर्ने विधेयक आएका छन् , उनले भने, कम्युनिष्ट सरकारको अधिनायकबाद बिरुद्ध प्रजातान्त्रिक शक्ति एक भएर अगाडी बढनु पर्छ ।

पुर्व प्रधानमन्त्री समेत रहेका देउवाले अभिव्यक्ति स्वतन्त्रता हनन हुने गरी ल्याइएको मिडीया काउन्सिल विधेयक विरुद्ध पत्रकारको आन्दोलनमा नेपाली कांग्रेसको पुर्ण साथ र समर्थन रहेको बताए । प्रेस स्वतन्त्रतामाथि आंच आउन नदिन सदन मार्फत कांग्रेसले निरन्तर खबरदारी गरीरहेको भन्दै देउवाले पत्रकारको जायज मागको सम्बोधन गर्नु पर्नेमा जोड दिए ।

नेपाली कांग्रेस प्रदेश ५ को संसदिय दलका नेता स्व.बलदेव शर्मा पोखरेलको १३ औं दिनको पुन्य तिथीमा नेपाली कांग्रेस रुपन्देहीद्धारा आयोजित शोक सभामा देउवाले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीले कुनै न कुनै सम्मान दिने जनाए ।

सभामा पार्टीका महामन्त्री शशांक कोइरालाले स्वर्गीय नेता पोखरेलले देखाएको निष्ठा र त्यागको राजनीतिलाइ सबैले अनुसरण गर्न सके सच्चा श्रद्धान्जली हुने बताए कांग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खांणले कम्युनिष्ट सरकारले अहिले सम्म अन्तरमनबाट लोकतान्त्रीक संविधानलाइ नै स्वीकार गर्न नसकेको बताए । जीवनको अन्तिम क्षण सम्मपनि देश र जनताकालागि लोकतन्त्र र प्रजातन्त्रलाइ बलियो बनाउनु पर्छ भनेर लागीरहेका स्व. नेता पाखेरेलको निधनले पार्टीलाई ठुलो क्षती पुगेको उनले बताए ।

 
 
  
 

You may also like