बुटवलमा दु्ई वटा ईन्च्युट शुभारम्भ

by समतल अनलाइन

बुटवल । पाणिनी ग्रु्प अफ हस्पिटालिटी को सहकार्यमा बुटवलमा टिम कन्सल्टेन्सी शाखा सुभारम्भ गरिएको छ । सरस्वती पुजाको अवसरमा बुटवलमा कलेरा ईन्टरनेशल एकेडमी को शुभारम्भ र टिम कन्सल्टेन्सी बुटवलमा शाखा विस्तार गरिएको हो ।

टिम कन्सल्टेन्सी बुटवलका निर्देशक, कलेरा ईन्टरनेशनल बुटवलका चियरपर्सन तथा पाणिनी कलेज अफ हस्पिटालिटीका चियरपर्सन गोपाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य जालपा भुषाल, र रामजी प्रसाद घिमिरेले दुई वटा एडकेमीको उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले सिकेको सिप व्यवहारमा उतार्नको लागि आग्रह गरे । यस्तै सांसाद जालपा भुषालले कुनै पनि सिप विदेशमा गएर सिकेर पुनः स्वदेशमा आई त्यसको सदुपयोग गर्न आग्रह गरिन ।

कार्यक्रममा टिम कन्सल्टेनीका नेपाल प्रमुख विनोद कुमार सुवेदीको विशिष्ठ आतिथ्यता रहेको थियो । समृद्धि फाईनान्स बुटवलका प्रमुख विष्णु प्रसाद रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साथै पाणिनी गु्रप अफ हस्पिटालिटीको प्रथम बार्षिक उत्सवको अवसरमार मानव सेवा आश्रम बुटवलका रहेका असाहाय, अनाथहरुलाई खाना समेत खुवाईएको थियो ।

 
 
  
 

You may also like