सुनको भाउ एकैदिन तोलामा २ हजार ९ सयले बढ्यो, नयाँ रेकर्ड नजिक

by समतल अनलाइन
45Shares

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको भाउ बढेको छ।
बिहीबार तोलामा पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ।
बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।
बिहीबार प्रतितोला चार हजार तीन सय ९० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चार सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

You may also like

This will close in 0 seconds