टिम नेपोको केन्द्रीय अध्यक्षमा बुटवलका अशोक गौतम चयन

by समतल अनलाइन
31Shares

बुटवल । युवाको नेतृत्व क्षमता विकास तथा सामाजिक रूपान्तरणका क्षेत्रमा सक्रिय संस्था टिम नेपोले आगामी कार्यकाल (२०२७–२०३०) का लागि नयाँ केन्द्रीय नेतृत्व चयन गरेको छ। संस्थाको वार्षिक साधारण सभाबाट बुटवलका अशोक गौतम केन्द्रीय अध्यक्षमा चयन भएका हुन्।

नयाँ कार्यसमितिको उपाध्यक्षमा आयुष सापकोटा, सचिवमा शोभित जंग शाही, कोषाध्यक्षमा प्रवेश पण्डित र सहसचिवमा सुजन लौडारी चयन भएका छन्। त्यसैगरी, केन्द्रीय सदस्यमा रञ्जना कामी र सृष्टिना चौलागाईं चयन भएका छन्।

अध्यक्षमा चयन भएका गौतम लामो समयदेखि युवा तथा सामाजिक अभियानमा सक्रिय रहँदै आएका छन्। युवा नेतृत्वको विकास, सामाजिक उत्तरदायित्व र सामुदायिक गतिविधिमा संलग्न गौतमको नेतृत्वमा संस्थाले आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने अपेक्षा गरिएको छ।
स्थापनाको करिब ११ वर्ष पूरा गरेको टिम नेपोले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र युवा सशक्तीकरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। युवाको क्षमता अभिवृद्धि, सामाजिक चेतना विस्तार तथा नेतृत्व विकासलाई प्राथमिकतामा राखेर संस्थाले आफ्ना गतिविधि अघि बढाउँदै आएको छ।

संस्थाका कार्यवाहक केन्द्रीय अध्यक्ष प्रदीप गिरीको अध्यक्षतामा सम्पन्न साधारण सभाको सञ्चालन केन्द्रीय सचिव सरिना सुवेदीले गरेकी थिइन्। संस्थापक अध्यक्ष निगम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष नवीन खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा देवकी धामी लगायतले संस्थाको आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए।

नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षे कार्यकालमा संस्थाका कार्यक्रमलाई थप विस्तार गर्दै युवा नेतृत्व निर्माण, सामाजिक सहभागिता र सकारात्मक सामाजिक परिवर्तनका अभियानलाई प्राथमिकताका साथ अगाडि बढाउने अपेक्षा गरिएको छ।

You may also like

This will close in 0 seconds