कतै तपाईको हाँछ्यु रोक्ने बानी त छैन ? सावधान ! यस्ता घातक स्वास्थ्य समस्या देखा पर्छ

by समतल अनलाइन
178Shares

अहिलेको समयमा अधिकांशलाई सामान्य रुघाखोकी लागेको हुन्छ । रुघाखोकी लागेको बेलामा हाँछ्यु आउनु सामान्य पनि हो । तर के हाँछ्यु रोक्नु स्वास्थ्यको लागि सुरक्षित छ त ?

अधिकांश चिकित्सकहरु हाँछ्यु आउँदा नरोक्न सल्लाह दिने गर्छन् । हाँछ्यु गर्दा एक प्रकारको आनन्द पनि आउँछ ।

‘म कुनै पनि तरिकाले हाँछ्यु रोक्नको लागि सल्लाह दिन्न, त्यो चाहे नाक बन्द गरेर होस् या जानेरै घाँटी बन्द गरेर नै किन नहोस्’, सेन्ट लुइस युनिभर्सिटी स्कुल अफ मेडिसिनका ओटोलेरिङ्गोलोजीका सहायक प्राध्यापक तथा नाक कान घाँटी सर्जन एलान वाइल्डले भने । हाँछ्यु आउनै नदिनु र आइसकेको हाँछ्युलाई रोक्नु फरक कुुरा भएको डा वाइल्ड बताउँछन् ।

‘हाँछ्यु आउला जस्तो भएको बेलामा नाकमा विस्तारै मुसार्ने, नाकबाट बेस्सरी सास फेर्ने, जिब्रोले नाक मुनिको भागमा दबाब दिँदा हाँछ्यु आउँदैन । तर एक पटक हाँछ्यु शुरु भइसकेपछि त्यसलाई रोक्न भन्दा आउन दिनुपर्छ’, वाइल्डले भने ।

त्यसोभए डाक्टरको यस्तो सल्लाह नमान्दा चाहीँ के हुन्छ त ? अधिकांश समयमा केही हुँदैन । तर दुर्भाग्यवश केही मानिसहरुमा भने हाँछ्यु रोक्दा यस्ता अस्वस्थ्य अवस्था देखियोः

– डायफ्राममा चोट

– आँखाको सेतो भागको रक्तकेशिका फुट्न सक्छ, जसले आँखामा रातो रेसा देखिन्छ

– कानको भित्रि भागमा हावाको दबाब पर्न गई असर गर्न सक्छ, साथै कानको सुन्ने शक्ति गुम्न सक्छ

– मस्तिष्कको रक्त नली कमजोर बनाउँछ र रक्तचाप बढ्दा फुट्न पनि सक्छ

‘गम्भीर जोखिम निकै न्युन हुन्छ तर दुर्भाग्यवश जे पनि हुन सक्छ’ वाइल्डले भने । केही मानिसहरु निकै जोडले हाँछ्यु पनि गर्ने गर्छन, जसले फेरी अर्कै किसिमको समस्या निम्त्याउँछ ।

साइनस सर्जरी गरेका मानिसहरुले जोडले हाँछ्यु गर्दा आँखाको वरपर रहेको खाली ठाउँमा हावाको दबाब पर्न गई आँखा सुन्निन सक्छ । त्यस्तै दिमागमा पनि हावाको जोड पर्न गई अत्याधिक टाउको दुख्न सक्नुका साथै स्ट्रोक पनि हुन सक्छ । हाँछ्यु गर्दा एक्कासी घाँटी फैलने भएकाले घाँटीमा चोट पुग्न सक्छ ।

चिकित्सकहरुका अनुसार हाँछ्यु गर्नु राम्रो हो, किनकी हाँछ्यु गर्दा नाकमा भएका धुलो तथा अन्य एलर्जेन्सहरु बाहिर निकाल्न मद्यत पुग्छ । तर सबै हाँछ्यु भने नाकसँग मात्रै सम्बन्धी रहेका हुँदैन ।

वाइल्ड भन्छन्, ‘धेरै मानिसहरु एक्कासी चर्को प्रकाशमा निस्किदा हाँछ्यु गर्छन् भने केही व्यक्तिहरु अचम्म तरिकाले सेक्सको बेलामा पनि हाँछ्यु गर्छन् । त्यस्तै केही प्रकारका एनेस्थेटिक्सको सम्पर्कमा आउँदा, धेरै खाना खाएमा अथवा इपिलेप्सी जस्ता न्युरोलोजिकल रोगका कारणले पनि मानिसहरुलाई हाँछ्यु आउँछ ।’

Comments

You may also like

This will close in 0 seconds