प्रदेश पूर्वाधार विकास प्राधिकरणमा मजगैया

by समतल अनलाइन

प्रकाश खनाल
बुटवल ।प्रदेश नं ५ को प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा दाङका इन्जिनियर ध्रुव मजगैया नियुक्त भएका छन् ।
सोमबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा दाङ तुल्सीपूर निवासी इन्जिनियर ध्रुव मजगैया नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश सरकारले आगामि बैशाख ४ र ५ गते रुपन्देहीमा गर्ने लगानी सम्मेलनका लागि लगानी सम्मेलन २०७६ को अबधारणा पत्र स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

त्यस्तैगरी बैठकले प्रदेश जनता आवास कार्यक्रम कार्यान्वयन कार्यबिधि संसोधन गर्न स्वीकृती दिएको छ भने प्रदेश ५ मा सञ्चालन हुने स्वास्थ्यसँग सम्बन्धित सेवाहरुको नियमन गर्न तयार गरिने प्रदेश स्वास्थ्य सेवा ऐन २०७६ बनाउन सामाजिक विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृती दिएको छ ।

प्रदेश सरकारले गर्ने लगानी सम्मेलन सम्पन्न गर्नका लागि मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा निर्देशक समिति,आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीको संयोजकत्वमा प्रचार प्रसार समिति,भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको संयोजकत्वमा परियोजना तयारी समिति र उद्योग,पर्यटन,बन तथा वातावरण मन्त्री लिला गिरीको संयोजकत्वमा व्यवस्थापन समिति गठन गर्ने निर्णय समेत गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।

 
 
  
 

You may also like