तपाईलाई थाहा नहुन सक्छ शंख बजाउनुको यी चमत्कारिक फाइदा

by समतल अनलाइन

काठमाडौं । मन्दिर, घर, कथा तथा पूजा-आरतीको क्रममा शंख बनाइने गरिन्छ । हिन्दु धर्म मान्नेहरुको घरमा शंख राख्ने गर्छन्, जो नियमित पुजाआजा गर्छन् । शंख बजाउनुको जति धार्मिक महत्व छ, त्यति नै वैज्ञानिक प्रभाव पनि छ । त्यस्तै आज हामी तपाईलाई शंखको केही फाइदाबारे जानकारी दिन गइरहेका छौं, जसको पुष्टि विज्ञानले समेत गरिसकेको छ ।

शंखको ध्वनीबाट वातावरणमा भएका जीवाणुहरु नष्ट हुन्छन् । लामखुट्टे पनि भाग्छ । यो कुरा महान् वैज्ञानिक जेसी बोसले आफ्नो प्रयोगबाट सावित गरिसकेका छन् । ।

नियमित शंख बजाउनेलाई कहिल्यै पनि हृदयघात हुँदैन । शंख बजाएपछि सबै अवरोधहरु खुल्छन् । यसैप्रकार पटक-पटक श्वास भरेर छोड्दा स्वस्थ्य रहन सहयोग गर्छ ।

रातमा शंखमा पानी भरेको राख्नुहोस् र बिहान छालामा मालिश गर्नुहोस् । यसले छालासम्बन्धी रोगलाई टाढा भगाउँछ । यदि तपाईको पेटमा समस्या छ भने शंखमा राखिएको पानी पिएमा त्यसले फाइदा गर्छ ।

जो मानिसलाई कामको तनाव छ भने ती मानिसले पनि शंख बजाउनुपर्छ । शंख बजाएको समयमा दिमागमा भएका नकारात्मक विचारहरु जान्छन् । जसले तनाव कम गर्नमा मद्दत गर्छ ।

जुन घरमा शंख बजाइन्छ, त्यहाँ कहिल्यै पनि नकारात्मकता उत्पन्न हुँदैन । भनाइअनुसार जब शंख बजाइन्छ ॐ ध्वनी निस्कन्छ । ॐ नै त्यो शब्द हो जसको उच्चारण सबैभन्दा पहिले भगवानले गरेका थिए

 
 
  
 

You may also like