अनुसन्धानकर्ता भन्छन् -रुनु स्वास्थ्यको लागि फाईदा हुन्छ

by समतल अनलाइन

एजेन्सी । भन्छन् रुनु कमजोरीको प्रतीक हो । तर, अनुसन्धानकर्ता भन्छन् रुनु स्वास्थको लागि राम्रो हो । कहिले कामदेखि वाक्क लागेर, सुमुधुर सम्बन्ध टुट्दा वा फिल्म हेर्दा पनि हामी रुने गर्छौं । आँखाबाट आँशुहरु छचल्किएर खस्ने गर्छन् । कसैले सोच्न पनि सक्दैन रुनुमा पनि के फाइदा होला र ? हो, रुनुमा फाइदाहरु रहेका छन् ।

एक वर्षमा एक व्यक्तिले ३० ग्यालोनसम्म आँशु उत्पादन गर्न सक्छ । चाहे खुसीको क्षणमा होस् या दुःखको क्षणमा होस् आँशुहरु हाम्रो आँखाबाट झर्ने गर्छन् । भावानात्मक रुपमा को कस्तो छ भनेर पनि आँशुहरूले बताउने गर्छन् ।

स्यारोन मार्टिन, साइकोथेरापिष्टका अनुसार रुनुका धेरै फाइदाहरु रहेका छन् । उनले मानिसहरुलाई रुनका लागि उत्साहित गर्ने काम गर्छन् । यसले शरीरमा रहेको नकारात्मक सोचलाई हटाउने र सकारात्मक शक्ति प्रदान गर्ने उनले बताएका छन् ।

उनका अनुसार मानिसहरु पब्लिक क्षेत्रमा मानिसहरु रुन अप्ठेरो मान्छन् तर, जति खुल्ला रुपमा रुन सक्यो उति स्वस्थ हुने र शरिरमा फुर्ति थपिने उनले बताएका छन् ।

१) टोक्सिन्स उत्पादन गर्ने काम गर्छ

असैह्य पिडा पश्चात मानिस रुने गर्छ । शरिरमा विभिन्न केमिकल शरिरमा उत्पादन हुने गर्छन् जसका कारण पीडा कम हुने गर्छ । प्रोटिन प्रोल्याक्टिन, एड्रिनोकोरटिकोट्रोफिक हर्मन, इण्डोरफिन लेउसिन–इन्केफेलिन जस्ता तत्वहरु रोइरहेको अवस्थामा उत्पादन हुने गर्छन् । यी तत्वहरुका कारण मानिसले पीडा कम भएको महसुस गर्न थाल्छ ।

२) ब्याकटेरिया मार्ने काम गर्छ

एउटा राम्रो रुवाइले ब्याकटेरिया मार्ने काम गर्छ । आँशुले फ्लुड लिसोजाइम उत्पादन गर्छ । यो मानिस दुध, सेमन, म्युकस र स्यालिभामा पनि पाइने गर्छ । राम्रो रुवाइले ५ देखि १० मिनेटको बिचमा ९० देखि ९५ प्रतिशत ब्याकटेरिया मार्ने काम गर्छ । सन् २०११मा प्रकाशित फुड माइक्रोबाइलोजीमा यस कुराको उल्लेख गरिएको छ ।

३) आखाँको दृश्य मजबुत बनाउँछ

आँशु ल्याक्रीम ग्ल्याण्डबाट बन्ने गर्छ । आखाँमा यसले लुब्रिकेन्टको काम गर्छ । जब आँखामा डिहाइड्रेसन हुन्छ तब आँखाले धमिलो देख्न थाल्छ । आँसुले आँखा पखाल्ने र आइबल र आइलिड सफा गर्ने काम गर्छ । नेशनल आइ इन्सिटुटका अनुसार रुनाले विभिन्न म्युकस मेमब्रेन्सको डिहाइड्रेसन समस्या पनि हल गर्छ ।

४) राम्रो मुड बनाउन मदत गर्छ

सन् २००८ मा साउथ फ्लोरिडा विश्वविद्यालयले गरेको अध्ययनका अनुसार रुनाले राम्रो मुड बनाउने निष्कर्ष निकालेको थियो । रुवाइले अध्ययनमा ९० प्रतिशत रोएका व्यक्तिहरुको मुडमा परिवर्तन ल्याउन सफल भएको थियो । त्यस्तै १० प्रतिशतमा भने नकारात्मक प्रभाव देखिएको थियो ।

५) तनावबाट मुक्त गर्ने काम गर्छ

रुनु शरिरमा रहेको नकारात्मक सोचलाई हटाउने र सकारात्मक शक्ति प्रदान गर्छ । जति खुल्ला रुपमा रुन सक्यो उति स्वस्थ हुने र शरिरमा फुर्ति थपिने गर्छ ।

 
 
  
 

You may also like