98
सुर्खेत । कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यको चुनावमा नेकपाका उम्मेदार मायाप्रसाद शर्मा र सुमित्रा बिसी विजयी भएका छन् ।
मायाप्रसाद आचार्यले ३६१८ र सुमित्रा बिसीले ३६८४ मतभार प्राप्त गरेर विजयी भएका छन् । यसैगरी काँग्रेसका उम्मेदार डिल्लीराज पाठकले ९७६ र महिला उम्मेदार गणेश कुमारी बस्नेतले १२१६ मतभार प्राप्त गरेका छन् ।
बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा ९८.४८ प्रतिशत मत खसेको थियो ।