अस्ट्रेलियामा डढेलो नियन्त्रणका लागि उडेको विमान दुर्घटना

by समतल अनलाइन

क्यानबेरा । अस्ट्रेलियामा डढेलो नियन्त्रणका लागि उडेको एउटा विमान दुर्घटनामा परेको छ । राजधानी क्यानबेराबाट करिब २ किलोमिटर टाढा रहेको स्नोइ माउन्टेनमा लागेको आगो निभाउन उडेको विमान दुर्घटनामा परेको जनाइएको छ ।

अधिकारीहरुले आगो निभाउन उडेको विमान (एयर वाटर ट्याङ्कर) दुर्घटना परेको पुष्टि गरेका छन् । दुर्घटनामा परेको विमानको खोजीका लागि केही हेलिकोप्टरहरु परिचालन गरिएको जनाइएको छ ।

बुधबारदेखि तापक्रम बढेसँगै अस्ट्रेलियाका दक्षिण र पूर्वी क्षेत्रमा फेरि डढेलो फैलिएको छ । राजधानी क्यानबेरासँगै न्यू साउथ वेल्स राज्यमा पुनः डढेलो फैलिने क्रम बढेको अधिकारीहरुले जानकारी दिएका छन् ।

राजधानी नजिकै ढडेलो फैलिन थालेपछि अस्ट्रेलियाको क्यानबेरा अन्तर्राष्ट्रिय विमानस्थल नै बन्द गरिएको छ । आगो फैलिएर विमानस्थल नजिकै आएपछि सबै उडानहरु रद्ध गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

गएको सेप्टेम्बर महिनाबाट शुरु भएको डढेलोका कारण अस्ट्रेलियामा अहिलेसम्म ३० जनाले ज्यान गुमाइसकेका छन् । १ करोड हेक्टरभन्दा बढी क्षेत्रलाई डढेलोले विनाश गरकेो छ । -एजेन्सी

 
 
  
 

You may also like