स्थापना दिवसको अवसरमा फलफुल बितरण

by समतल अनलाइन

बीरगंज । नेपाल ज्योतिष परिषद केन्द्रिय कार्यालयको २२ औं स्थापना दिवसको शुभ अवसरमा नेपाल ज्योतिष परिषद कार्यालय पर्सा शाखाले बीरगंज स्थित रहेको नारायाणी अस्पतालको ऐश्वर्य प्रसुति गृहमा उपचारर्थ रहेका बिरामीहरुलाई आज फलफुल बितरण गरयो ।

सो फलफुल बितरण कार्यक्रमका प्रमुख अतिथी नेपाल ज्योतिष परिषदका केन्द्रिय उप महासचिव ज्योतिष सम्राट पंडित पुरुषोतम दुबे, बिशिष्ठ अतिथी परिषदका प्रदेश नं.२ का प्रदेश सहसचिव नारायाण बाबा, जिल्ला उपाध्यक्ष ज्योतिष लालबाबु पाण्डे, जिल्ला पार्षद स्वामी राजिव रान्जन भारद्वाज लगायतले बिरामीहरुलाई फलफुल बितरण गर्नु भएको थियो ।

उक्त फलफुल बितरण कार्यक्रमको अध्यक्षता नेपाल ज्योतिष परिषद कार्यालय पर्सा शाखाका अध्यक्ष सुरेन्द्र नाथ तिवारीको अध्यक्षतामा फलफुल बितरण कार्यक्रम सम्पन्न भयो ।

 
 
  
 

You may also like