प्रदेश ३ को नेकपा संसदीय दलमा विवादः संसद बैठक स्थगित, मिलाउन प्रचण्ड जाँदै

by समतल अनलाइन

काठमाडौँ । प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने विषयमा सत्तारुढ दल नेकपाभित्रै विवाद भएपछि प्रदेश ३ को संसद वैठक आज स्थगित भएको छ ।

लगातार बसेको नेकपा प्रदेश ३ को संसदीय दलको बैठकमा समेत सहमति नभएपछि आज उत्त विवाद मिलाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हेटौडा जाने कार्यक्रम रहेको छ ।

आज पनि सहमतिका लागि प्रदेश ३ को नेकपा संसदीय दलको बैठक बोलाईएको छ । हिजोबाट सुरु भएको संसद बैठकमा आज प्रदेशको नामाकरण र स्थायी राजधानी टुंगो लगाउने भनिएपनि विवादका कारण आजको बैठक स्थगित गरिएको हो । नेकपाका आधा जासो प्रदेश सभासदस्यहरुले हेटौडा स्थायी राजधान बनाउन नहुने पक्षमा देखिएका छन् ।

नेकपा सचिवालयको बैठकले प्रदेश ३ को नाम बाग्मती र स्थाष्ी राजधानी हेटौडा राख्न निर्देशन दिएपछि नेकपा सांसदहरु विभाजित भएका छन् । यहि विवाद मिलाउनका लागि आज अध्यक्ष प्रचण्डसहितका नेताहरु हेटौडा जाने बताइएको छ ।

नेकपाको सचिवालयले प्रदेशको नाम बाग्मती र स्थायी राजधानी हेटौडा राख्न निर्देशन दिएको भन्दै नेवा र ताम्सालिङ क्षेत्रका सांसदहरुले विरोध जनाएका छन् । उनिहरुले प्रदेश ३ को राम नेवा वा ताम्सालिङ राख्न दवाव दिदै हिजो राजधानी काठमाडौँमा प्रदर्शन समेत गरेका छन् ।

 

 
 
  
 

You may also like