प्रदेश पाँचका प्रमुखबाट माघ ५ गते प्रदेश सभा अधिवेशन आह्वान

by समतल अनलाइन

बुटवल । प्रदेश पाँचका प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख यादवले आगामी माघ ५ गतेलाई प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको हो ।
प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा १३८ को उपधारा (१) बमोजिम आगामी माघ ५ गते दिनको १ बजेलाई प्रदेश अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव चिरञ्जिवी पौडेलले मंगलबार विज्ञप्ती जारी गरि जानकारी गराउनु भएको छ ।

विज्ञप्ती

 
 
  
 

You may also like