सत्यवती गाउँपालिकामा पोषण सम्बन्धि गोष्ठी सुरु

by समतल अनलाइन

सुरेश थापा
गुल्मी। स्थानीय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चितता कार्यशाला गोष्ठी सत्यवती गाउँपालिका गुल्मीको सभाहल खैरेनीमा सोमबार देखि सुरु भएको छ ।

२ दिनसम्म चल्ने सो गोष्ठीमा सुआहारा केन्द्रका मिनराज ज्ञवाली, सुआहाराकै भिमकुमारी पुन ले पोषणको महत्व, पोषणयुक्त खानाको आवश्यकता, मस्तिष्क विकासमा पोषण युक्त खानाको प्रभाव लगायतका विषयमा सहजिकरण गर्नुभयो । सत्यवती गाउँपालिका भित्रको पोषण र स्वास्थ्य क्षेत्रमा भएका प्रगती र स्वास्थ्यको अवस्थाका विषयमा स्वास्थ्य संयोजक सूर्यबहादुर रानाले जानकारी गराउनु भयो । शिक्षा शाखा प्रमुख रेणु गैरेले शिक्षाका लागि भए गरेका पोषणका कार्यक्रम कृषि क्षेत्रको अवस्था उत्पादन कृषि जन्य वस्तुको पोषणका लागि रहेको महत्वका विषयमा कृषि संयोजक मुक्ति प्रसाद भण्डारी, माशु र दुधमा आत्मनिर्भर बन्दैगएको यस गाउँपालिका विषयमा पशु संयोजक नारायण खनाल खानेपानीको अवस्थाका विषयमा संयोजक माधव भण्डारी, महिला हक हितका विषयमा महिला शाखा प्रमुख रमा भण्डारीले प्रकाश पार्नु भएको थियो ।

वडा नं. ६ का वडा अध्यक्ष विष्णु प्रसाद भण्डारीले पोषणका क्षेत्रमा वडाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दिपेन्द्र पन्थले स्वास्थ्यमा हालको अवस्थाबारे जानकारी दिनुभयो । यस गाउँपालिकामा रहेका स्वास्थ्यकर्मी, स्थानिय निकायका जनप्रतिनिधि लगायतको सहभागिता रहेको छ ।

सत्यवती गाउँपालिकाको आयोजना सुआहारा कार्यक्रमको सहआयोजना रहेको गोष्ठी मंगलबार पनि संचालन हुने बताइएको छ । सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालको सभापतित्व उपसध्यक्ष शुवर्ण शही शेर्चन, प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारी, सुआहाराका हिरा ये.र्सा., आनन्द तिवारी, ओम कार्की,कृष्ण गुरुङ्ग, पत्रकार लगायतको आतिथ्यता रहेको कार्यक्रमको संचालन हिमलाल भण्डारीले गर्नुभएको थियो ।

 
 
  
 

You may also like