दसौँ राष्ट्रिय खेलकुदका लागि कर्णाली तयार, काउन्टडाउन सुरु

by समतल अनलाइन
39Shares

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेश तयार रहेको बताएका छन्।

सुर्खेत पुगेर निर्माणाधीन रंगशाला तथा विभिन्न खेल पूर्वाधारको स्थलगत अवलोकन गरेपछि उनले प्रतियोगिता आयोजनाबारे विश्वस्त रहन आग्रह गरेका हुन् ।

अवलोकनका क्रममा मन्त्री पोखरेलले आयोजक, स्थानीय पदाधिकारी तथा सरोकारवालासँग पूर्वाधार निर्माणको प्रगति र बाँकी कामबारे छलफल गरेका थिए । उनले निरन्तरको प्रयास र संवादले निर्माण कार्यलाई गति दिएको बताउँदै रंगशाला तथा अन्य संरचना तयार हुँदै गएको उल्लेख गरे ।

मन्त्री पोखरेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन ३० दिन बाँकी रहेको घोषणा गर्दै प्रतियोगिताको काउन्टडाउन सुरु भएको जानकारी दिएका छन् । लामो समयदेखि विभिन्न कारणले रोकिँदै आएको राष्ट्रिय खेलकुदले कर्णालीको खेल क्षेत्रलाई नयाँ उचाइ दिने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

सुर्खेत भ्रमणका क्रममा मन्त्री पोखरेलले आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकासमन्त्री जीतबहादुर मल्लसँग पनि प्रतियोगिताको तयारी तथा पूर्वाधार निर्माणका विषयमा छलफल गरेका थिए ।

You may also like

This will close in 0 seconds