39
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।
आजको पहिलो खेलमा दिउँसो साढे १२ बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन् । जारी प्रतियोगितामा विराटनगरले एक जित र दुई हार बेहोरेको छ भने जनकपुरले तीन खेलमध्ये दुईमा जित र एकमा हार व्यहोरेको छ ।
त्यस्तै, आजको दोस्रो खेलमा साँझ ५ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । लुम्बिनीले दुई खेलमध्ये एकमा जित निकालेको छ भने वर्षाका कारण एक खेल रद्द हुँदा अंक बाँडेको छ । यता पोखरा एभेन्जर्सले भने प्रतियोगितामा खेलेका सुरुवाती दुवै खेलमा हार बेहोरेको छ ।


