म्याक्स टाइगरको दशैं धमाकामा ९ जनाले जिते यामाहाका मोटरसाइकल र स्कुटर

by समतल अनलाइन
32Shares

काठमाडौं । म्याक्स टाइगरले सञ्चालन गरिरहेको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म नौ जना उपभोक्ताले यामाहाका मोटरसाइकल तथा स्कुटर जितेका छन्।

दशैंलाई लक्षित गरी सञ्चालन गरिएको यस अभियानमा देशका विभिन्न सहरका उपभोक्ताले आकर्षक पुरस्कार जितेका हुन्। सुर्खेत, बनेपा, धादिङ, बुटवल, धनगढी, जनकपुर, बिर्तामोड, धरान र वीरगञ्जका उपभोक्ता विजेता बनेका छन्।

अभियानअन्तर्गत सुर्खेतका किशोर जंग शाह र बुटवलका नरबहादुर फौगाडले यामाहा रे जेडआर स्कुटर जितेका छन्। बनेपाका राजकुमार तामाङ, धादिङका सञ्जोग रिमाल र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल हात पारेका छन्।

त्यस्तै, पछिल्लो चरणमा सार्वजनिक भएका विजेतामध्ये जनकपुरका कौटल्य कुमार सिंह र बिर्तामोडका तेज नारायण सिंहले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। धरानका मनोज कुमार अधिकारी र वीरगञ्जका रमेश बस्नेतले यामाहा रे जेडआर स्कुटर प्राप्त गरेका छन्।

कम्पनीका अनुसार यस अभियानमा १८ वटा यामाहा एफजेड एफआई मोटरसाइकल र १८ वटा यामाहा रे जेडआर स्कुटर गरी ३६ वटा दुईपाङ्ग्रे सवारीसाधन पुरस्कारमा राखिएका छन्। त्यस्तै, एक जना भाग्यशाली उपभोक्ताले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्नेछन्।

यसरी अभियानमा मोटरसाइकल, स्कुटर र कार गरी कुल ३७ वटा सवारीसाधन पुरस्कारका रूपमा उपलब्ध गराइएको छ। हालसम्म नौ जना विजेता सार्वजनिक भइसकेका छन् भने बाँकी २८ वटा सवारीसाधनका विजेता घोषणा हुन बाँकी छन्।

‘हरेक क्यानमा ऊर्जा र हरेक जितमा नयाँ उत्साह’ भन्ने नारासहित सञ्चालन भइरहेको यस अभियानले उपभोक्तामाझ आकर्षण बढाएको कम्पनीको विश्वास छ। आगामी दिनमा थप विजेता सार्वजनिक हुँदै जाँदा अभियानप्रतिको उत्साह अझ बढ्ने अपेक्षा गरिएको छ।

अब बम्पर पुरस्कारको प्रोटोन कार कसले जित्ला भन्ने चासो उपभोक्तामाझ बढेको छ।

You may also like

This will close in 0 seconds