55
पाल्पा/ स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।
घाइतेमध्ये सोही गाउँपालिका–३ का ३८ वर्षीया यमकला खाम्चाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।
प्रहरीले सबै घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । एक बालकसहित पाँच जना घाइतेको अवस्था सामान्य छ ।
बल्घाबाट कटौजेतर्फ गइरहेको लु प्र ०१००१ ह २४४४ नम्बरका अटोमा चालकसहित आठ जना सवार रहेको प्रहरीले जनाएको छ ।
अटो अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

