सर्वोच्चले कांग्रेसको आधिकारिकता आफूहरूलाई दिने देउवाको दाबी

by समतल अनलाइन
29Shares

भैरहवा । रुपन्देहीमा प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएका विभिन्न सामान तथा एउटा मोटरसाइकल बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैध रूपमा भन्सार छली ल्याइएका सामान नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार रु. १ लाख ९९ हजार ९ सय ९१ बराबरको विभिन्न सामान बरामद गरी आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय तथा भन्सार कार्यालय बेलहिया पठाइएको छ।

प्रहरीले मायादेवी गाउँपालिका–६ स्थित सानो डौगोलियाबाट भारतीय नम्बर प्लेटको UP 56 AF 8401 मोटरसाइकलसहित विभिन्न किसिमका गहना बरामद गरेको जनाएको छ। त्यस्तै, बुटवल उपमहानगरपालिका–४ स्थित जेसिस चोकबाट करिब रु. ९६ हजार ८ सय ६० बराबरका किराना तथा अन्य सामान नियन्त्रणमा लिइएको छ।

सिद्धार्थनगर नगरपालिका–३ बेलहियाबाट करिब रु. २९ हजार ३ सय ७५ बराबरका विभिन्न किसिमका किराना सामान, मायादेवी गाउँपालिका–१ बैरघाटबाट कपडा तथा अन्य सामग्री र सियारी गाउँपालिका–२ मधुवनबाट रु. ३२ हजार बराबरका ३० पिस लेडिज कुर्ती बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै, रोहिणी गाउँपालिका–६ ललितपुरबाट मोटरसाइकलसहित बोइलर कुखुरा, रोहिणी गाउँपालिका–३ धकधई चोकबाट रु. २१ हजार ४८० बराबरका विभिन्न किराना सामान तथा लुम्बिनी सांस्कृतिक नगरपालिका–६ लोखडियाबाट रु. २४ हजार ४०० बराबरका १२ वटा बोइलर कुखुरा समेत बरामद गरिएको छ।

प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी सामान ल्याउने क्रम नियन्त्रण गर्न सीमावर्ती तथा जिल्लाका विभिन्न क्षेत्रमा चेकजाँचलाई थप कडाइ गरेको जनाएको छ। बरामद सामग्री आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

You may also like