जसपाकी लुम्बिनी प्रदेश सांसद काफ्ले पदमुक्त

by समतल अनलाइन
76Shares

बुटवल । लुम्बिनी प्रदेश सभा सचिवालयले जनता समाजवादी पार्टी, नेपालकी प्रदेश सभा सदस्य अम्बिका काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशन गरेको छ ।

प्रदेश सभा अधिवेशन चालु नरहेको अवस्थामा सभामुखको निर्देशनअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा २ तथा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १९६ बमोजिम दल त्यागसम्बन्धी सूचना प्रकाशन गरिएको हो ।

जसपा नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दलको निर्णय र सिफारिसका आधारमा काफ्लेलाई प्रदेश सभा सदस्य पदबाट निष्काशन गर्ने निर्णय भएको दावी गरिएको छ ।

प्रदेश संसदीय दलले काफ्लेले पटकपटक स्पष्टीकरणको मौका दिँदा समेत बेवास्ता गरी पार्टी तथा संसदीय दलको निर्णयविपरीत कार्य गरेको प्रदेश सभा सचिवालयमा पत्र प्राप्त भएको थियो ।

You may also like