पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, ११३ जना घाइते

by समतल अनलाइन
43Shares

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने ११३ जना घाइते भएका छन्।

नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा मधेश, लुम्बिनी, कर्णाली र बागमती प्रदेशका एक–एक जना रहेका छन्।

दुर्घटनामा घाइते हुनेको संख्या प्रदेशगत रूपमा हेर्दा कोशीमा ३८ जना, मधेशमा २३ जना, लुम्बिनीमा १८ जना, काठमाडौँ उपत्यकामा १५ जना, सुदूरपश्चिममा १० जना, कर्णालीमा ५ जना, बागमतीमा ३ जना र गण्डकीमा १ जना रहेका छन्।

प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा देशभर भएका विभिन्न सवारी दुर्घटनामा ठूलो संख्यामा मानिस घाइते भएका हुन्

You may also like